14th AGM Notice:2082

बलेफी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा २०८२ साल पौष २७ गते मंगलबार (सन् १३ जनवरी २०२६) बिहान ११:०० बजे काठमाडौं महानगरपालिका–०९, गौशालास्थित होटल कुटुम्ब फुपुचीमा आयोजना हुने जानकारी सम्पूर्ण शेयरधनी महानुभावहरूलाई गराइन्छ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ बमोजिम आ.व. २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा भएको नियुक्तिको अनुमोदन गर्ने, सञ्चालक समितिको भत्ता तथा सुविधा निर्धारण गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर निष्काशन सम्बन्धी विशेष प्रस्तावमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको छ ।

 

Download Notice : Click Here

Screenshot 2025-12-20 at 10.36.43

Leave a Reply

Your email address will not be published.